जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

खबरपथ संवाददाता
७ बैशाख २०८१, शुक्रबार १४:३१

काठमाडौँ । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद बनेकी हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

शुक्रबार संसद् सचिवालयमा सभामुख घिमिरेले जसपाबाट समानुपातिक सांसद बनेकी हसिनालाई शपथ गराएका हुन् ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी हसिनाको नाम सिफारिस गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*