चीनमा हुने थ्री बाइ थ्री बास्केटबलमा सहभागी खेलाडीको बिदाई

खबरपथ संवाददाता
१२ बैशाख २०८१, बुधबार २०:४३

काठमाडौँ । नेपालले चीनको युननानमा हुने बोर्डर सिङफु स्पोर्ट्स कार्निभलअन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा खेलमा सहभागिता जनाउने भएको छ ।

सो प्रतियोगीतामा सहभागी हुन जाने खेलाडी र प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरेका छन् ।

सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै विजय बुर्जा (कप्तान), निकेश मगर, मनीष केसी र निश्चल महर्जनले भाग लिदै छन् । त्यस्तै खेलाडीसँगै प्रशिक्षक सुशिल गुरुङ पनि जादै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*