इलाम- २ को हारपछि रास्वपाले भन्यो – सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए

खबरपथ संवाददाता
१८ बैशाख २०८१, मंगलवार १२:३२

काठमाडौँ । इलाम- २ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा घण्टी नबजाएर सचेत गराएको टिप्पणी गरेको छ ।

रास्वपाका महामन्त्री डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै इलाम -२ मा अपेक्षा अनुसार मत नआउनुमा कैयन कमीकमजोरी रहेको इंगित गरेको उल्लेख गरेका छन् ।

उनले इलामका जनताको मतको सम्मान गर्ने भन्दै निर्वाचनको गहन समिक्षा गर्ने बताएका छन् ।

इलाम- २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बुले ५०५० मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*