ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

खबरपथ संवाददाता
२३ बैशाख २०८१, आईतवार ०८:४८

काठमाडौँ । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ । लिगमा चार खेल अघि नै रियल म्याड्रिड ला लिगाको उपाधि जितेको हो ।

गएराती सम्पन्न खेलमा जिरोनाले बार्सिलोनालाई ४-२ गोल अन्तरले पराजित गरेसँगै रियल म्याड्रिडको लिगको उपाधि जित सुनिश्चित भएको हो ।

गएराती नै सम्पन्न खेलमा रियल म्याड्रिडले काडिजलाई ३-० ले पराजित गरेको थियो ।

ला लिगामा रियल म्याड्रिडको ३४ खेलमा ८७ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको जिरोनाको ३४ खेलमा ७४ अंक रहेको छ ।

४ खेल खेल्न बाँकी हुदै रियल म्याड्रिडले १३ अंकको अग्रता बनाएपछि जित सुनिश्चित बनेको हो ।

योसँगै रियल म्याड्रिडले ३६ पटक ला लिगाको उपाधि जितेको छ । रियल म्याड्रिड सबैभन्दा बढी पटक ला लिगाको उपाधि जित्ने क्लब हो । उसले पछिल्लो पटक २०२१-२२ सिजन जितेको थियो ।

त्यस्तै बार्सिलोनाले अहिलेसम्म २७ पटक यो उपाधि जितेको छ भने एटलेटिको म्याड्रिडले ११ पटक लिग जितेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*