सहकारी प्रकरणको छानबिन हुनुपर्छ – राजेन्द्र पाण्डे

खबरपथ संवाददाता
४ जेष्ठ २०८१, शुक्रबार १८:०१

काठमाडौं  । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र प्रसाद पाण्डेले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनाईकन सरकारले सुख नपाउने बताएका छन् ।

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित् भएपछि संसद् भवन परिसरमा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले सहकारी सम्बन्धी छानबिन समिति बनाउनु पर्ने बताउदै गृहमन्त्री रवि लामिछानेको मात्रै नाम किटान गर्न आवश्यक नभएको बताएका हुन् ।

उनले भने,‘केवल गृहमन्त्रीको मात्रै कुरा भएन । सबै सहकारीसम्बन्धी छानबनि हुनुपर्छ । गिरिबन्धु टि–स्टेटको सम्बन्धमा अदालतले फैसला गर्यो । पूर्णपाठ पढेर पार्टीको धारणा बनाउन सकेका छैनौं । हिजोपनि यो भ्रष्टाचारजन्य काम नै हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*