पार्टी छाडेका कार्यकर्तालाई फर्किन उपन्द्र यादवको आग्रह

खबरपथ संवाददाता
४ जेष्ठ २०८१, शुक्रबार १९:४६

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छाडेर गएकाहरूलाई आफ्नो पार्टीमा फर्कन आग्रह गरेका छन्।

अध्यक्ष यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सबै नेता कार्यकर्ताहरुलाई पार्टीको मूलधारमा आउन एकताबद्ध भएर पार्टीलाई अघि बढाउन आग्रह गरेका हुन्।

‘जसपा नेपालबाट अलग भएर जानु भएका विभिन्न तह तप्काका साथीहरूलाई मूलधारमा फर्कन आह्वान गर्दछौं,’ उनले भनेका छन्।

उनले जसपा नेपाल विशिष्ट सोच, सिद्धान्त र एजेन्डा बोकेको पार्टी भएको भन्दै समाजवादी आन्दोलन, पहिचान, संघीयता र गणतन्त्रका सवालमा उत्तिकै प्रतिवद्ध रहेको बताएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*