सरकारलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न कांग्रेस नेता रिजालको सुझाव

खबरपथ संवाददाता
५ जेष्ठ २०८१, शनिबार २२:०८

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित उद्यमशीलता, उद्यमी र बजेट विषयक अन्तरसंवादमा बोल्दै नेता रिजालले सरकारले ल्याउने गरेको बजेट बजेटजस्तो नभएको टिप्पणी गर्दै उक्त सुझाव दिएका हुन्।

नेता रिजालले सीमित स्रोत भएकाले नेपालले बजेट बनाउँदा प्राथमिकताको क्षेत्र छुट्याउनुपर्ने बताए। सबैथोक बराबरी समेट्ने कुरा बजेटमा हुनै नसक्ने उनको तर्क थियो।

नेता रिजालले भने, ‘हाम्रो बजेट बजेट जस्तो छैन। हाम्रो पञ्चवर्षीय योजना योजना जस्तो छैन। सबै चिज गर्छु भन्नु योजना होइन। तपाईंसँग लिष्ट छैन भने तपाईंले जतिसुकै गर्छु भने पनि त्यो बजेट होइन। सीमित स्रोतसाधनमा प्राथमिकता छुट्याउनुपर्छ– के गर्ने, के नगर्ने ?’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*