कार्यदलमा अझै जुटेन सहमति

खबरपथ संवाददाता
६ जेष्ठ २०८१, आईतवार १४:३८

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन ।

सिंहदरबारमा भएको बैठकपश्चात एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सैद्धान्तिक रुपमा सहमति भएपनि बुँदागत रुपमा टुंग्याउन समय लाग्ने जानकारी दिएका हुन् । कार्यदलको बैठक आजै फेरी बस्ने उनले जानकारी दिए ।

उनले विषयगत, नीतिगत र कानुनी रुपमा कसरी लाभ हुन सक्छ भनेर टुंग्याउन बाँकी भएकाले केहि समयपश्चात फेरी बैठक बस्ने बताए ।

उनले भने, ‘मोटामोटी छलफल भएको छ। एकाध विषयमा कांग्रेसको असहमति छन्। कांग्रेसले थप छलफल गर्न समय माग गरेको छ। सैद्धान्तिक रुपमा सहमति भएपनि बुँदागत रुपमा आज बेलुकासम्म सहमति हुनसक्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*