कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुरु
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय सानेपामा शुरु भएको ।
पार्टी मूख्यालय सानेपा ललितपुरमा सुरु भएको बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा सांसदहरू र राष्ट्रिय सभा सांसदहरू सहभागी छन् ।
समसामयिक राजनीतिक घटनाक्रम, सदनमा कांग्रेसले उठान गर्दै आएको सहकारी प्रकरणमा संसदीय छानबिन र पार्टीका आन्तरिक विषयमाथि छलफल गरी धारणा बनाउन बैठक बसेको हो ।कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।





















