खेलकुदमन्त्री श्रेष्ठले गरे टीयू क्रिकेट मैदानको निरीक्षण

खबरपथ संवाददाता
१७ जेष्ठ २०८१, बिहीबार १५:०१

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको निरीक्षण गरेका छन् । सो अवसरमा युवा तथा खेलकुद मन्त्री श्रेष्ठले क्रिकेट मैदानमा अब बन्ने नयाँ संरचनाका बारेमा जानकारी लिएका थिए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले टीयू क्रिकेट मैदान हातामा राखेपले बनाएको अधिकांश भौतिक संरचना बारे जानकारी दिएका थिए ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले क्रिकेट मैदान हाताभित्र बन्ने नयाँ संरचनाको प्रारम्भिक ढाँचा बारे प्रकाश पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*