सुनको मुल्यमा नयाँ किर्तिमान

खबरपथ संवाददाता
२२ जेष्ठ २०८१, मंगलवार १३:५०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । मंगलबार २ हजार ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजारमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँमा  कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मुल्य पनि पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*