संसद बैठक आज पनि बस्दै, मन्त्रालयगत छलफल जारी रहने

खबरपथ संवाददाता
३० जेष्ठ २०८१, बुधबार ०९:३२

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा मङ्गलवारदेखि सुरु भएको विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमा छलफल जारी रहने छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, शहरी विकास र रक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।

त्यस्तै विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव समेत पेश हुने तालिका रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*