बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर

खबरपथ संवाददाता
३१ जेष्ठ २०८१, बिहीबार १९:३६

बुटवल । बुटवलमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार राति पाल्पाको पर्यटकीयस्थल नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको जीप दुर्घटना तीन जनाको घटनास्थलमै ज्यान गएको हो।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ११ का ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका ३ की  ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

५ जना सवारमध्ये दुई जना घाइते भएका छन्। घाइतेमध्ये बुटवल ९ की चन्दा श्रेष्ठको अवस्था गम्भीर छ। उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको र अर्की घाइते बुटवल-११ की  लक्ष्मीता श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ओरालोमा अनियन्त्रित हुँदा जीप दुर्घटना भएको प्रहरीको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*