भारतमा १३ वर्षीया बालिका बेपत्ता, खोजिदिन परिवारको अपिल

खबरपथ संवाददाता
१ असार २०८१, शुक्रबार २०:१०

काठमाडौं । भारतमा तीन दिनदेखि नेपाली बालिका बेपत्ता भएको भन्दै परिवारले खोजिदिन आग्रह गरेको छ।

कैलालीको गोदावरी नगरपालिका-८  घर भएकी १३ वर्षीया बालिका शारदा भुल बुधबारदेखि भारतको पञ्जाबबाट बेपत्ता भएको त्यहाँस्थित शिवराज बिनाडीले बताए। उनी पञ्जावको लुधियाना कुन्दनपुरीबाट बेपत्ता भएको बिनाडीको भनाइ छ।

उनका बुबा दिलीप भुलले छोरी हराएकाले कतै फेला पारेमा भारतमा आफ्नो ९९८८९६१०३३ मा वा नेपालमा फेला परे घरमा रहेको ९७४६३२१९०३ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*