आज सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्ने

खबरपथ संवाददाता
३ असार २०८१, आईतवार ०८:३९

काठमाडौं । संघीय संसद‍्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ।

बैठक बिहान ८ बजे सिंहदरबारमा बस्ने भएको हो। बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयकका विषयमा छलफल गर्ने कार्यसूची छ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने छ। बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि प्रेस काउन्सिलसँग छलफल गर्ने कार्यसूची छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*