बैदेशिक रोजगार पीड़ितलाई न्यायको माग गर्दै आइटी आर्मीको प्रदर्शन

खबरपथ संवाददाता
३ असार २०८१, आईतवार १९:२७

काठमाडौँ । आम जनता पार्टीको आइटी आर्मीले बैदेशिक रोजगारीमा जाने युवाहरु सँग बिना रसीद लिएको अवैध रकम फिर्ता गराउन माग गर्दै बिशेष प्रदर्शनसहित आन्दोलनको शुरूवात गरेको छ ।

‘ठग मेनपावर र एजेण्टलाई करवायी ग़र, बेरोजगारको व्यापार बन्द गर, पीड़ितलाई न्याय देऊ, अलपत्र परेका नेपालीलाई उद्धार गर !’ जस्ता नारा सहित काठमाण्डौको कालीमाटीबाट निस्केको जुलुस प्रहरीको घेराबन्दी एवं अवरुद्धको कारण सोल्टीमोड़मा समापन भएको थियो ।

बैदेशिक रोजगार पीड़ितलाई न्याय दिन तत्परता देखाउनुको सट्टा वर्तमान सरकार ठग मेनपावरहरुसँग मिलेर बेरोजगारको व्यापार गर्ने दिशामैं अग्रसर देखिएको भन्दै आइटी आर्मी प्रदर्शनमा उत्रिएको छ ।

आइटी आर्मीले सरकारको यस गलत रवैयाको विरुद्ध संघर्ष एवं भण्डाफोर बिना बैदेशिक रोजगार पीड़ितहरुले न्याय नपाउने भन्दै तसर्थ पीड़ितलाई न्याय दिलाउन शुरू भएको यस आन्दोलनमा बिशेष सहयोगको अपील गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*