अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा

खबरपथ संवाददाता
४ असार २०८१, सोमबार ०९:२२

मुग्लिन । पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ। मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध राजमार्ग पहिरो पन्छ्याइएसँगै सञ्चालनमा आएको हो।

पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताए। राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ प्रस्थान भइरहेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*