सरकारमा जानको लागि मात्र नयाँ समीकरण बनाउदैनौं – डा. महत

खबरपथ संवाददाता
१८ असार २०८१, सोमबार २०:३२

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जानको लागि नयाँ समीकरण नबनाउने बताएका छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले विभिन्न दलहरुसँग राष्ट्रिय मुद्धाका विषयमा छलफल भइरहेको भएपनि सरकारमा जानको लागि मात्र नयाँ समीकरण नबनाउने जानकारी दिएका छन् ।

उनले नयाँ समीकरण बन्ने विषय परिपक्क नभएको बताउदै अहिले यस विषयमा छलफल नभएको बताएका छन् । उनले दिर्घकालिन रुपमा सरकार चल्ने, अस्थीरताको अन्त्य हुने, देशलाई समृद्धितर्फ उन्मुख हुने परिस्थितिमा मात्र कांग्रेसले नयाँ समीकरण बनाउन बिचार गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*