नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध

खबरपथ संवाददाता
१९ असार २०८१, मंगलवार १७:३७

चितवन । नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ ।

सडक डिभिज कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।

दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाईज भएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने डिभिजन सडकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*