दाङको सतवरियामा डुवानमा परेकाहरुको सकुशल उद्वार

खबरपथ संवाददाता
२३ असार २०८१, शनिबार २०:२०

दाङ । अविरल वर्षाको कारण दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुवान परेका २५ जनाको असार २२ गते सकुशल उद्वार गरिएको छ ।

नं. २९ गण दाङ र नं. ४१ रिजर्भ गण अर्जुनखोल दाङबाट खटिएको सुरक्षा फौजले रवर बोटको सहायताले उनीहरुको सकुशल उद्वार गरेको हो । सोही स्थानका करीव ५० घरहरु डुवानमा परेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*