सुनको मुल्य घट्यो, चाँदीको स्थिर

खबरपथ संवाददाता
२५ असार २०८१, सोमबार १५:५२

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । सोमबार सुनको मुल्य तोलामा ४ सयले घटेर तोलाको १ लाख ४५ हजारमा कारोबार भएको छ ।

यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १८९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*