नारायणगढ-मुग्लिन सडकमा पहिरोले बगाएको बसको उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन

खबरपथ संवाददाता
२९ असार २०८१, शुक्रबार १०:३८

काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता भएको जानकारी दिदै बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशिन दिएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनिकरण सम्बन्धि पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्दार र रातहमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई अपिल गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*