पहिरोमा बेपता गणपती डिलक्स बसको टिकट काटेका १४ यात्रुको नाम सार्वजनिक

खबरपथ संवाददाता
२९ असार २०८१, शुक्रबार १०:४१

सञ्जय मिश्रा, रौतहट । काठमाडौं बाट गौर तर्फ आउने क्रममा आज बिहान पहिरोमा परेर बेपता भएको गणपती डिलक्स बसमा यात्रा गरिरहेका ३१ जना यात्रु मध्ये १४ जना यात्रुको नाम लिस्ट प्राप्त भएको छ।

काठमाडौं बाट गौर आईरहेको बागमती प्रदेश ०३ -० ०१ ख २४९५ नम्बरको बसमा सवार ३१ जना मध्ये रौतहट देवाही गोनाही  नगरपालिका १ करुनियाका  अधिकारी दासको छोरा नन्दन दाससहित २ जना र वृन्दावन नगरपालिका सिसवा धमौराका एकजना गरी तीनजना केविन बाट हामफालेर ज्यान जोगाएका थिए । हामफालेर ज्यान जोगाउन सफल भएका मध्ये एकजना नन्दन दास रहेको देवाही गोनाहीका पूर्व मेयर धर्मेन्द्र पटेलले बताएका छन ।

बसमा यात्राको क्रममा ३१ जना यात्रु मध्ये १४ जनाको नामले टिकट काटिएको देखिएको छ। काठमाडौंबाट गौर तर्फ आउने यात्रुहरुमा शैलेन्द्र, राजकिशोर, ओमजी, वकील खान, सिकेन्द्र, प्रिन्स जैसवाल, राज पटेल, नन्दन दास, शम्भु, नवीन, हरिश्चन्द्र, अमिता, नन्दुजी को नामले टिकट काटिएको छ।

आज बिहान  साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ -० ०१ख २४९५ नम्बरको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*