सरकारमा गएर गरेका कामप्रति हामि आफै सन्तुष्ट छैनौं – रवि लामिछाने

खबरपथ संवाददाता
२९ असार २०८१, शुक्रबार १५:४०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुहरुले सरकारमा गरेको कमप्रति आफुहरुनै सन्तुष्ट नरहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै रास्वपाका सभापति समेत रहेका लामिछानेले सरकारमा गएर  सोचे जस्तो काम गर्न नसकेको स्वीकार गरेका छन् ।

उनले सरकारमा गएपछि आफु सहकारी ठगको रुपमा विरोध खेपेको र चौतर्फी घेराबन्दीका बीच आफुहरुले राम्रो काम गरेको दाबि गरेको छ । उनले रास्वपाले सरकारमा गएर सुशासनको संखनाद गरेको दाबी गर्दै सोहि कारणले रातारात दुई ठुला दल एक ठाउमा आएको बताए ।

लामिछानेले दुई दलबीचको सहमति लुकाइएकाले आफुहरुले  त्यसलाई समर्थन गर्न नसकेको बताउदै दुई दल ठुला दल एक ठाउमा आउदा शक्तिपृथकीकरणमा संकट आउन सक्नेमा आफुहरुको चिन्ता रहेको बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*