सर्पको टोकोईबाट एक महिलाको मृत्यु

खबरपथ संवाददाता
३० असार २०८१, शनिबार १७:२७

सिरहा । सिरहाको चोहर्वामा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका संग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वामा डेरागरी वस्ने ३० वर्षिय रोशिना खातुनको मृत्यु भएको हो।

चुल्होबाट खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्याएपनि उपचार सम्भव नभएको स्थानीय शिव यादवले जानकारी दिए।

खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई केहीवेरपछि असहज महसुस भएपछि चुल्होमा हेर्दा गोमन सर्प भेटिएको थियो।

जानकारी पाएलगदै जोवहा सैनिक गण परिसरमा रहेको जयकाली शर्पदंश उपचार केन्द्रमा पुर्याएपनि त्यहाँ उपचार सम्भव नभएको बताए।  लगतै कर्जन्हा पुर्याएपनि उनको उपचार हुन सकेन।

खातुनको तीन छोरा र एक पाँच महिनाको छोरी छ। उनी चोहर्वामा बसेर विडी बनाउने काम गर्दै आएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*