उपप्रधानमन्त्री सिंहद्वारा पदभार ग्रहण

खबरपथ संवाददाता
३२ असार २०८१, सोमबार २१:०८

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेका छन्। शितल निवासमा पद तथा गोपनीयताको शपथपछि शान्तिबाटीमा पुगेर वीर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेपछि सिंहदरबार पुगेर सिंहले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले सहरी विकास मन्त्रालयअन्तर्गतका निकायमा हुने राजनीतिक नियुक्तिसम्बन्धी कार्यविधि र मापदण्डमा अन्य देशको पीआर नलिएको स्वघोषणा गर्नुपर्नेसहितको कानुन परिमार्जनको सहमतिका लागि कानुनमन्त्रालयमा पठाउने सम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन् ।

पदभार ग्रहण गर्दै सिंहले मुलुकलाई स्थायीत्व र समृद्धितर्फ अघि बढाउन वर्तमान सरकार गठन भएको बताउदै मन्त्रालयका कामलाई पनि वर्तमान सरकारको लक्ष्य अनुसार अघि बढाउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*