परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई

खबरपथ संवाददाता
१ श्रावण २०८१, मंगलवार १४:१७

काठमाडौँ । भारतका विदेशमन्त्री डा. एस जयशङ्करले नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

भारतका विदेशमन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएका छन् ।

यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले पनि आफ्ना नेपाली समकक्षी डा राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर उनीसँग काम गर्न आफू तयार रहेको बताएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*