महिला एशिया कप : नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

खबरपथ संवाददाता
६ श्रावण २०८१, आईतवार २०:५९

काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १०८ रन बनाएको हो ।

नेपालका लागि सिता राना मगरले २६, पुजा महतोले २५ रन बनाएकी थिइन् भने कविता कुँवरले १३ तथा कविता जोशीले अविजित ३१ रन बनाएकी थिइन् ।

त्यसैगरी पाकिस्तानका बलर सादिया इकवालले २ विकेट लिएकी थिइन् भने फातिमा सानाले एक विकेट लिएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*