संसदको कृषि समितिको सभापतिको निर्वाचन मंगलबार हुने

खबरपथ संवाददाता
१३ श्रावण २०८१, आईतवार २१:२४

काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक  स्रोत समितिको सभापतिको निर्वाचन मंगलबार हुने भएको छ ।

सभामुख देवराज घिमिरेले समितिको सभापतिको मनोनयन सोमबार हुने र निर्वाचन मंगलबार हुने गरी तोकेका हुन् ।

यस अघि समितिको सभापति रहेकी कांग्रेस नेतृ डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि सभापति पद खालि रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*