खेलकुल सचिवले हिजाेकाे कार्यक्रममा हाम्राे अपमान गरे : सांसद कल्पना मियाँ

खबरपथ संवाददाता
२९ श्रावण २०८१, मंगलवार १४:०७

काठमाडौं, २७ साउन । सांसद कल्पना मियाँ कुसहारीले युवा तथा खेलकुद मन्त्रालयका सचिवले अपमान गरेको बताएकी छिन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कल्पना मियाँले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले अपमान गरेको गुनासो गरेका छन् ।

‘हिजो याक एन्ड यतिमा भएको खेलकुद मन्त्रालय र युवा परिषदको कार्यक्रममा हामीलाई अपमान गरियो, सम्मान दिन सकिदैन भने अपमान कम्तिमा नगरौं, हामी (सांसद)लाई अपमान हुने कार्यक्रम अब देखी नराखौं,’ उनले संसदमा भनिन  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*