जोटा र सलाहको गोलमा लिभरपुल विजयी

खबरपथ संवाददाता
१ भाद्र २०८१, शनिबार २०:०७

काठमाडौँ । लिभरपुलले प्रिमियर लिगको नयाँ सिजनमा शानदार शुरुवात गरेको छ ।

शनिबार भएको खेलमा आइपीस्वीच टाउनलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले नयाँ सिजनमा विजयी शुरुवात गरेको हो ।

लिभरपुलको जितमा डिओगो जोटा र मोहमद सलाहले एक एक गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा दोस्रो हारको ६०औँ मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई शुरुवाती अग्रता दिलाएका थिए भने ६५औं मिनेटमा सलाहले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

यो जितपछि लिभरपुलले महत्वपूर्ण ३ अंक हासिल गर्दै सिजनको शुरुवात गरेको छ । त्यस्तै यसै सिजनमा प्रिमियर लिगमा आएको आइपीस्वीच टाउनले भने हारसँगै सिजनको शुरुवात गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*