तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउछौं – प्रधानमन्त्री ओली
खबरपथ संवाददाता
७ भाद्र २०८१, शुक्रबार ०७:४३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको हिजोको बैठकमा सांसदका प्रश्नको उक्त दिँदै उनले तीन दिनभित्र दिनुपर्ने र कुन फाइल कहाँ छ भन्ने जानकारी अनलाइनबाट हुने नागरिक एपमा राष्ट्रिय परिचयपत्र र चालक अनुमतिपत्रलाई आबद्धताको प्रक्रिया अघि बढेको पनि जानकारी दिए ।






















