उपभोक्ता हित समितिको बैठक बस्दै

खबरपथ संवाददाता
७ भाद्र २०८१, शुक्रबार ०७:५४

काठमाडौँ ।  आज प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारस्थित उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्षमा बस्दैछ ।

आजको बैठकमा चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापन बारे विभिन्न उपभोक्ता हितका क्षेत्रमा कार्यरत संघ/संस्थाका प्रतिनिधिहरूसँग छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*