उपभोक्ता हित समितिको बैठक बस्दै
खबरपथ संवाददाता
७ भाद्र २०८१, शुक्रबार ०७:५४
काठमाडौँ । आज प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।
बैठक आज बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारस्थित उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्षमा बस्दैछ ।
आजको बैठकमा चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापन बारे विभिन्न उपभोक्ता हितका क्षेत्रमा कार्यरत संघ/संस्थाका प्रतिनिधिहरूसँग छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।






















