यमल र लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी

खबरपथ संवाददाता
९ भाद्र २०८१, आईतवार ०७:३०

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एथलेटिक बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लामिन यमल र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । यमलले खेलको २४औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए भने लेवानडोस्कीले ७५ मिनेटमा निर्णायक गोल गरेका थिए । त्यस्तै एथलेटिकका लागि ओइहान सान्चेटले एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ला लिगामा २ खेलमा ६ अंक भएको छ । त्यस्तै एथलेटिक बोल्बाओको भने २ खेलमा एक अंक रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*