नारायणगढ-मुग्लिन सडकखण्डमा बाढी र पहिरोको जोखिम, सतर्क रहन आग्रह

खबरपथ संवाददाता
१६ भाद्र २०८१, आईतवार १२:२०

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा बाढी र पहिरोको जोखिम भएकाले उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेका छन ।

विभागले नारायणगढ-मुग्लिङ खण्डका स-साना खहरेमा आकस्मिक बाढी र पहिरोको जोखिम रहेको भन्दै यात्रामा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

साथै विभागले चितवनको माडी कल्याणपुर, भरतपुर, देवघाट र आसपास भारी बर्षा भएको, माडी क्षेत्रको रिउखोला र अन्य साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*