मलेखुको पहिरो हटाएर सडक दुई तर्फी सञ्चालन
खबरपथ संवाददाता
२१ भाद्र २०८१, शुक्रबार ११:५२
काठमाडौँ । धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुई तर्फ खुला गरिएको छ ।
केहिबेर अघि पहिरो हटाएर काठमाडौँ मुग्लिङ सडक दुई तर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसे पछि करिब डेढ घण्टा सडक अवरुद्ध भएको थियो ।






















