एमालेको सचिवालय बैठक बस्दै

खबरपथ संवाददाता
२८ भाद्र २०८१, शुक्रबार ११:१९

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको र त्यही कार्ययोजनालाई अन्तिमरुप दिन आज बैठक बस्न लागेको बताइएको छ ।

आजको बैठकमा  वार्षिक कार्ययोजना र तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*