प्रधानसेनापति ट्रफि सुरु

खबरपथ संवाददाता
३० भाद्र २०८१, आईतवार १९:११

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानसेनापति ट्रफि-२०८१ खेलकुद प्रतियोगिताको समुद्‍घाटन गरेका छन् । नेपाली सेना भित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ वि.सं.२०६५ सालबाट प्रधान सेनापति ट्रफि सुरु भएको हो ।

जङ्गी अड्डास्थित खेल मैदानमा आयोजित समुद्‍घाटन समारोहमा प्रधान सेनापति ट्रफिमा सहभागी पृतना तथा बाहिनीका टिमहरूले मार्चपाष्टका साथै विभिन्न खेल सम्बन्धी कला प्रस्तुत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आज सम्पन्न महिला ८०० मिटर दौड तथा पुरुष १५०० मिटर दौडका विजेताहरूलाई प्रधान सेनापतिले पुरस्कार वितरण गरेका थिए ।

समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, पूर्व प्रधान सेनापतिहरू, सुरक्षा निकायका प्रमुखहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, विभिन्न खेलकुद संघका पदाधिकारीहरू, सैनिक श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीहरू, रक्षा मन्त्रालयका पदाधिकारीहरू, सैनिक सहचारीहरू एवं नेपाली सेनाका अधिकृत लगायत सञ्चारकर्मीको उपस्थिति थियो ।

२०८१ आश्विन १५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टिमहरूको सहभागिता रहेको छ । प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेलहरू सञ्चालन हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*