साफ यू –१७: श्रीलंकामाथि नेपालको फराकिलो जित

खबरपथ संवाददाता
७ आश्विन २०८१, सोमबार १९:२८

काठमाडौँ ।  साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत  नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा  नेपालले  श्रीलंकालाई ४- ० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए ।

प्रतियोगितामा नेपालले यसअघि शनिबार सम्पन्न खेलमा पाकिस्तानसँग १–० गोलको हार बेहोरेको थियो । अब नेपालले अर्को खेल भुटानसँग बुधबार खेल्ने तालिका रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*