रोनाल्डो र गाब्रियलको गोलमा अल नासर विजयी

खबरपथ संवाददाता
१२ आश्विन २०८१, शनिबार ०७:०८

काठमाडौँ । अल नासरले साउदी प्रो लिग अन्तर्गत अर्को जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा एन्गोलो गाब्रियल र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ८६औँ मिनेटमा अल वेहडाका वालीद बक्सवीनले रातो कार्ड पाएका थिए ।

यो यस सिजनमा अल नस्र्को ५ खेलमा तेस्रो जित हो । यो जितपछि अल नासरको ५ खेलमा ११ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी अल वेहडाको भने ५ खेलमा ४ अंक रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*