बाढीले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकियो, नजिक अग्निजन्य पदार्थ प्रयोग नगर्नु – आयल निगम

खबरपथ संवाददाता
१२ आश्विन २०८१, शनिबार १५:३०

काठमाडौँ । नेपाल आयल निगमले हनुमन्ते खोलाले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकिएको जानकारी दिएको छ ।

च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिक अड्किएको अवस्थामा रहेको सो ग्याँस बुलेटमा ग्याँस लिक भएर सकिएको भएपनि नजिक नजान निगमले आग्रह गरेको छ । निगमले उक्त ग्याँस बुलेट सो स्थानबाट नहटाएसम्म नजिक नजान र अग्निजन्य पदार्थ प्रयोग नगरिदिन आग्रह गरेको छ ।

सो ग्याँस बुलेट भ्याली अटो ग्याँस प्रालिमा रहेको अवस्थामा बगाएको जानकारी दिएको छ ।

शनिबार बिहान  सो ग्याँस बुलेटलाई बाढीले बगाएपछि ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*