बालेनको कविता – हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ !

खबरपथ संवाददाता
१ कार्तिक २०८१, बिहीबार ०७:५४

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कविता पोष्ट गर्दै  हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिने बताएका छन् ।

बुधबार साँझ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्=

गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,

मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*