दार्चुलामा जिप दुर्घटना, ६ जनाको मृत्यु

खबरपथ संवाददाता
३० कार्तिक २०८१, शुक्रबार ०८:११

धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

शैल्यशिखर नगरपालिका -६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतक ६ जनाको सनाखत हुन बाँकी रहेको जनाएको छ भने दुर्घटनामा अन्य ७ जना घाइते भएको बताएको छ ।

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप बिहान करिब ४ बजे दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*