रक्षामन्त्रीबाट निरीक्षण भ्रमण

खबरपथ संवाददाता
३० कार्तिक २०८१, शुक्रबार १९:३४

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सोलुखुम्बु जिल्लाको नाम्चेमा तैनाथ भगवती प्रसाद गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षणको क्रममा रक्षा मन्त्री राईले गुल्मको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारेमा जानकारी लिएका छन् ।

भ्रमणको दौरान उनले सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालयका वरिष्ठ संरक्षण अधिकृत, खुम्बु पासाङ्गल्हामु गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष एवं अन्य सुरक्षा निकायका पदाधिकारीहरूसँग अन्तर्क्रिया समेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*