लमजुङको गौरीशंकर मन्दिरमा श्रीमद्देवीभागवत नवाह विराट ज्ञान महायज्ञ
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका- ४, शिसाघाटमा स्थित गौरीशंकर मन्दिरमा श्रीमद्देवी भागवत नवाह विराट धनधान्याञ्चल ज्ञान महायज्ञ शुभारम्भ भएको छ । मङ्सिर ३० गते धान्य पूर्णिमाको दिन विधिवत रुपमा समुद्घाटन गरिएको कार्यक्रम आगामी पौष ८ गतेसम्म सञ्चालन हुने मन्दिर समितिले जनाएको छ । गौरीशंकर मन्दिर समितिका अध्यक्ष कृष्णलाल श्रेष्ठको अध्यक्षतामा सुरु भएको उद्घाटन सत्र कार्यक्रममा प्रमुख अतिथि मध्यनेपाल नगरपालिकाका मेयर रमेश कुमार पाण्डे, वार्ड नम्बर ४ का वडाध्यक्ष रामबहादुर श्रेष्ठ, वार्ड नं ३ का अध्यक्ष केशव न्यौपाने, वार्ड नम्बर ५ का वडाध्यक्ष ओमवीर गुरुङ, महायज्ञका प्रमुखवाचक भागवत शिरोमणि आचार्य नारायण न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा नित्य कथा प्रवचन,पाठपारायण भजन किर्तन आरती लगायत सन्ध्याकालिन भजन समेत हुने महायज्ञ मूल समितिले जनाएको छ।
मन्दिरमा थप संरचनाहरूका लागि जग्गाको हाता विस्तार गर्ने ,मन्दिरभित्र गौशाला निर्माण गर्ने र मन्दिरमा विद्यमान हालको व्यवस्थापनलाई निरन्तरता दिने लगायतका उद्देश्य राखेर महायज्ञ सञ्चालन गरिएको हो ।






















