नेप्से ३३ अंकले घटयाे

खबरपथ संवाददाता
१६ पुष २०८१, मंगलवार १९:०१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३ अंकले घटेको छ ।

जसअनुसार २६१३ बिन्दुमा सुरु भएको बजार लगातार घटेर २५७६ बिन्दुमा ओर्लिएको हो ।

मंगलबार कुल २१३ कम्पनीको मूल्य घटेको छ । २८ कम्पनीको मूल्य सामान्य अंकले मात्रै बढेको छ । तीन कम्पनीको मूल्य भने स्थिर रह्यो ।  मंगलबार ३०८ वटा कम्पनीको १ करोड ३१ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसबाट ५ अर्ब ६७ करोड ४६ लाख मूल्यको सेयर कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*