एन्फा महिला लिगमा आर्मीको सहज जीत

खबरपथ संवाददाता
१८ पुष २०८१, बिहीबार १९:११

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले जीत हासिल गरेको छ ।

नेपाल फुटबल संघ (एन्फा)को राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आर्मी सुखद सुरुआत गरेको हो ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहिबार आर्मीले बागमती युवा क्लबविरुद्ध २–० को सहज जित निकालेको छ ।आर्मीलाई जित दिलाउन दुवै गोल बिमला चौधरीले गरेकी थिइन । उनले खेलको पहिलो र दोस्रो हाफमा एक–एक गोल गरेकी हुन ।

विमलाले खेलको २५औं मिनेटमा विमला विकको पासलाई सदुपयोग गरेर पहिलो गोल गरेकी थिइन भने दोस्रो हाफको ७१औं मिनेटमा विमलाले फेरीदोस्रो गोल गरिर आर्मीलाइ सहज जीत दिलाएकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*