कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं : अध्यक्ष तिमिल्सीना
अध्यक्ष तिमिल्सीनाले किसानको हकअधिकार विरुद्ध कुनै पनि सरकारसँग पनि साँठगाठ नगर्ने ठोकुवा गरे । ‘मेरो आफ्नै पार्टीको सरकार हुँदा किसानको हक अधिकार विरुद्ध मैले कुनै सम्झौता गरेको छैन ।’ उनले भने ‘किसानको अधिकार हनन भए जुनसुकै प्रतिरोध गर्न पनि तयार छु ।’ सञ्जालको अध्यक्ष भएपछि आफूले किसानलाई धानको मुल्य दिलाएको, कालिमाटी तरकारी तथा फलफूल बजारकोे लथालिंग र मनोपोली अवस्था सुधार गरेको तिमिल्सीनाले जानकारी दिए । ‘कालिमाटिमा वाइसिएलको रजगज थियो । मेरै नेतृत्वमा उनीहरुलाई हटाएर व्यवस्थीत बनाएका छौं ।’ उनले भने ।
तिमिल्सिनाले लम्की स्किनबाट पिडित किसानको लागि क्षतिपूर्ति र विमाको लागि लडेको, किसानले पाउने दुध र उखँुको मूल्यको लागि कडा संघर्ष गरेको बताए । किसान महासंघका अध्यक्ष तिमिल्सिनाले आन्दोलन र दबाबको नाममा कृषि उत्पादन सडकमा नफाल्न किसानलाई आग्रह समेत गरे । विक्रि नभएमा गरिब र विपन्न परिवारलाई दिन उनले अनुरोध गर्दै बढ्दो रासायनिक र विषादी प्रयोगले धेरै नागरिकहरुमा क्यान्सर जस्तो घातक रोगको संख्या बढ्दै गएकाले राज्यले समयमै जिम्मेवार भएर नियन्त्रण गर्न सुझाव दिए ।
उनले कृषिमा यान्त्रिकरण गरेर युवा पलायनलाई रोक्न विदेशको नीति भन्दा देशको भूगोलको अवस्था अध्ययन गरेर कृषि नीति बनाएर रोक्न तर्फ सम्बन्धित मन्त्रालयले ध्यानदिनुपर्ने औंल्याए ।
तिमिल्सिनाले किसान महासंघको महाधिवेशन जुनसुकै हालतमा हुने दाबी गरे । नेपाली कांग्रेसले अधिवेसन गर्न भनेमा आजको ३०–३५ दिन भित्र अधिवेसन गर्न आफू तयार रहेको बताए । महासंघ र राष्ट्रिय किसान सञ्जालको आफूले नेतृत्व गरिसकेकाले पदको लोभ नभएको भन्दै पदको लोभमा कार्याकाल नलम्बाउने तिमिल्सिनाले बताए । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।






















