राष्ट्रपति पौडेलले निरिक्षण गरे नवनिर्मित संसद भवन
खबरपथ संवाददाता
२९ पुष २०८१, सोमबार १७:२९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नव निर्माण भइरहेको संघीय संसद भवनको निरिक्षण गरेका छन् ।
सिंहदरवारस्थित पुतली बगैँचामा निर्माण भइरहेको संसद भवनको निरिक्षण गरेका हुन् ।
सो क्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायतको उपस्थिति रहेको थियो ।






















