कडायत र केसी प्रहरी अतिरिक्त महानिरिक्षकमा बढुवा

खबरपथ संवाददाता
२९ पुष २०८१, सोमबार १८:०७

काठमाडौं । सरकारले दुइजनालाइ प्रहरी अतिरिक्तमहानिरिक्षकमा बढुवा गरेको छ ।

गत पुस २६ गते बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिएका छन् ।

‘प्रहरी नायव महानिरीक्षकहरू कुवेर कडायत र रविन्द्र केसीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने’ निर्णय भएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*